Type Here to Get Search Results !

गैरीगाउँमा सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई राखियो गोलघरमा

 गैरीगाउँमा सामूहिक हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ । शुक्रबार थुनछेक बहसपछि अदालतले भण्डारीलाई थुनामा पठाउने आदेश गरेको थियो ।सो आदेशसँगै भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । गोलघरलाई कारागारभित्रको जेल भनेर बुझिन्छ ।गो


लघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा घेराभित्र राखिने गरिन्छ । सरकारी वकिल कार्यालयले सञ्जयले क्रूरतापूर्वक चार जनाको ज्यान लिएको भन्दै जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजाय मागदाबी गरेको छ ।

सञ्जयले भदौ ३० गते श्री दिव्य सस् मिल तथा काष्ठ उद्योगमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today