Type Here to Get Search Results !

सर्लाहीमा साढे २ क्विन्टल गाँजासहित दुई जना युवक पक्राउ

 सर्लाहीमा साढे २ क्विन्टल अबैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कविलासी नगरपालिका-१०, निवासी २८ वर्षीय भाग्य नारायण महतो र सोहि ठेगाना भएका अर्का २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

प्रहरीका अनुसार शनिबार राति कविलासी नगरपालिका-९ सलेम्पुरस्थित झिम नदी किनारबाट गम्हरिया तर्फ जाँदै गरेको ज १ त ५५५१ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा करिव २५० किलो अबैधलागु औषध गाँजा भेटीएपछि उनीहरुलाई गाँजासहित नियन्त्रणमा लिइएको हो। 

आज (आइतबार) प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट दुई सय ५० किलो गाँजा, एक थान मोबाइल, एउटा ट्याक्टर बरामद गरेको छ। बरामद गरिएको गाँजाको मूल्य नेपालमै ३० लाख बराबर रहेको प्रहरीले जनाएको छ। 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today