Type Here to Get Search Results !

वीरगञ्जको बाल सुधार गृहमा झडप, ११ जना बाल कैदी घाइते

 वीरगञ्ज- पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा झडप भएको छ । मंगलबार राति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवाद हुँदा दुई समूहबीच झडप भएको हो । झडपमा ११ जना बाल कैदीहरु घाइते भएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनीहरु सबै जना समान्य घाइते भएको उनले बताए।

राति प्रहरी परिचालन गरिएपछि बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए । बिहानदेखि स्थिति सामान्य भएको छ । यधपी सुरक्षासतर्कता कायमै राखिएको छ ।

डिएसपी थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।

बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today