डोल्पाको दुनै स्थित बक्स गुल्मका प्रमुख विमल पण्डितको शव काठमाडाैं ल्याइएको छ ।
गत भदाै १० गते इभिनिङ्ग वाक जाने भन्दै अंगरक्षक समेत नलिई निस्केका पण्डितको शव १७ दिन पछि ठूली भेरी नदीको ढुङ्गाको खोचमा भेटीएको थियो । दुनैबाट १८ किलो मिटर पश्चिममा भेटीएको शवलाई नेपाली सेनाको हेलीकप्टरबाट आज काठमाडाैं ल्याइएको हो ।
पण्डितको शवको पोष्टमार्टम पछि अन्तिम संस्कारका लागि परिवारलाई दिइने भएको छ । आफू कार्यरत भएको गुल्मबाट १८ कि.मि. पश्चिममा भेटीएको पण्डितको विषयमा पोष्टमार्टम पछि मात्रै विस्तृत विवरण आउने छ ।

