Type Here to Get Search Results !

‘खानुन’ आँधीको प्रभाव आजसम्म रहने, सचेत रहन आव्हान

 विगत केही दिनदखि सक्रिय रहेको खानुन आँधी जापानको दक्षिण पश्चिम शहर ओकिनावाको मुख्य टापु र कागोशिमा प्रान्तको आमामी क्षेत्रमा पुनः बढ्ने भएकाले शतर्क रहन आव्हान गरिएको छ ।



मौसम विज्ञानन एजेन्सीका अनुसाार शनिबार दिउँसोदेखि विस्तारै अघि बढिरहेको आँधुको प्रभाव लामो समयसम्म रहने छ । आँधी कोगोशिमाको तोकुनोशिमा टापुको पश्चिमबाट प्रतिघण्टा १०० किलोमिटर टाढाबाट समुद्रमाथिबाट पूर्वतिर बढिरहेको छ ।

शनिबार आँधीको केन्द्रनजिक १०८ किलोमिटर प्रतिघढटाको गतिमा हावा चल्नका साथै कुनै बेला १६२ किमि को गतिमा पुगेको थियो ।

आँधी कायमै रहेकाले हावा, समुद्रको ठूलो छाल र तुफानका कारण पानीको सतह बढ्ने भएकाले सचेत रहन सूचना जारी गरिएको । ओकिनावा र आमामीमा आइतबारसम्म तथा दक्षिण क्यूशूमा आइतबार विहानबाट भारी वर्षाको सम्भावना रहेको औंल्याइएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today