कास्की पोखरा समाज जापानले आयोजना गरेको एनआरएनएका नवनिर्वाचित पाधिकारीलाई बधाई ज्ञापनसहितको बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ ।
यही अगस्ट ६ तारिक, आइतबार चिबा कासाई रिन्काइ पार्कमा सम्पन्न भएको कार्यक्रम एनआरएनएका नवनिर्वाचित पाधिकारीलाई बधाई ज्ञापन गर्नुका साथै कास्कीबाट जापानमा आई बसोबास गर्ने कस्केलीहरुबीचको सम्बन्ध पूनर्ताजगी गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
जुलाई ३० तारिक सम्पन्न एनआरएनए जापानको निर्वाचन मार्फत नवनिर्वाचित कार्यसमिति र आईसिसी सदस्यहरुलाई बधाई समेत प्रदान गरिएको सो कार्यक्रममा जापानबासी नेपालीका साथै कस्केली पोखरेलीको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक बिसु भण्डारीले बार्बेक्यु मौसमका कारण केही असुविधा भए पनि उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
सो अवसरमा एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेल, नवनिर्वाचित अध्यक्ष नबिन निउरे, आइसीसी उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष महेश श्रेष्ठ, आइसीसी युबा संयोजक प्रविण गुरुङ, कलाकार इश्वर गुरुङको उपस्थिति थियो ।
त्यसै गरी कार्यक्रममा एनआरएनए जापानका नयाँ निर्वाचित पदाधिकारी, आइसीसी सदस्यहरु, पत्रकार महासंघ जापानका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिरहेको अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो ।