Type Here to Get Search Results !

विदेशमा रहेका श्रीमानलाई मृत सावित गराई सम्पत्ती विक्री गरेर श्रीमति फरार

 वैदेशिक रोजागारीमा रहेका श्रीमानलाई मृत सावित गरी उनको नाममा रहेको करडौं मूल्य पर्ने जग्गा विक्री गरी श्रीमती फरार भएकी छन् । झुठा प्रमाणका आधारमा वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैया निवासी भोला पासीलाई उनकै श्रीमति देवी पासिले मृत सावित गरी उनको नाममा रहेको ५ कित्ता जग्गा विक्री गरी फरार भएकी हुन् ।

एक छोरा र एक छोरीकी आमा सिता देवीले आफ्नो नाममा रहेको सम्पत्ती विक्री गरी फरार भएपछि ७० वर्षीय वृद्ध आमाको हेरचार गर्ने समेत कोही नभएको भोलाको भनाई छ । उहाँ परिवारको भरणपोषणका लागि विगत दश वर्षदेखी भारतको कोलकत्तामा रहँदै आउनु भएको छ । श्रीमतीले आफूलाई मृत सावित गरी जग्गा विक्री गरी बच्चासमेत लिएर अन्य युवकसँग भागेको जानकारी पाएपछि आफू वीरगन्ज फर्किएको बताउनुभयो ।

श्रीमान रोजगारीका सिलसिलामा भारतको कोलकत्तामा बस्दै आएको मौका छोपी ४६ वर्षीय सिता देवीले आफ्नो पुरुष मित्रको सहयोगमा २०७५ भदौं ५ गते घरमै मृत्यु भएको झुठा प्रमाण देखाई २०७८ बैशाख १५ गते मृत्यु दर्ता प्रमाणपत्र हासिल गरेको र सो पछि श्रीमानको नाममा रहेको जग्गा विक्री गरी आफ्नो पुरुष मित्रसँग फरार भएको भोलाकी भान्जाबुहारी तारादेवी पासिले जानकारी दिनुभयो ।

उहाँले जिउँदै रहेको ससुरालाई कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भाग्ने सिता देवी र सो कार्यमा सघाउने सबैलाई कानुन बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सिता देवीले हासिल गरेको मृत्यु दर्ता प्रमाणपत्र दिनमा तत्कालिन वडा सचिव वा अन्य कर्मचारीको कुनै दोष नभएको वीरगन्ज महानगरपालिका पंजिकरण शाखाकी प्रमुख वुद्धीमया गुरुङ्ले दावी गर्नु भयो । उहाँले सितादेवीले भोलासँगको विवाह दर्ता, नेपालको नागरिकता लगायतका आवश्यक सबै कागजात पेश गरेपछि मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको बताउनुभयो ।

उता कागजमा मृत घोषित गरिएका भोला भने आफूलाई पुनःजिवित बनाइ दिन आग्रह गर्दै विभिन्न सरकारी कार्यालय धाइरहनुभएको छ । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०५० सालमा प्राप्त गरेको नागरिकता बोकेर भोला प्रशासन कार्यालयमै दिनहुँ पुग्ने गरेको परिवारका सदस्यहरु बताउँछन् ।

श्रीमतीले कागजमा मृत सावित गरी सम्पत्ती विक्री गरी भागेको घटनाले भोलालाई ठुलो मानसिक आघात पुगेपछि अहिले उहाँको मानसिक सन्तुलन समेत बिग्रदैं गएको परिवारजनले बताएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today