कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादीका विनोद तोलङ्गगी र नुवाकोटको ककनी–७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । 'कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,' प्रजिअ कार्कीले भने ।