Type Here to Get Search Results !

सर्लाहीको लखन्देखी पुलमा युवकको छिनाएको टाउको भेटेको छ

 नवलपुर - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुल मुनी अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।



बिहीबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारुले उज्यालो अभियानसँग बताएका छन् । उनका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको भर्खरै हत्या भएको जस्तो देखिन्छ ।


घटनास्थलमा अहिले प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आफै पुगेर अनुसन्धानमा जुटेका छन् । युवकको सोही ठाउँमा हत्या भएको वा उत्तरी भेगमा हत्या भएर त्यहाँसम्म बाढीले बगाएर ल्याएको हो भन्ने खुल्न सकेको छैन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today