Type Here to Get Search Results !

मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना हुँदा १० जनाको मृत्यु

 मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।

६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो।

दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ।

दुर्घटना हुनुपूर्व स्थानीय समयअनुसार दिउँसो २:४७ बजे सुबङ एअर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो। एटिसीले २:४८ मा अवतरण गर्न भनेकोमा निर्धारित समयमा विमान अवतरण नभएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई उदृध गर्दै सिएनएनले उल्लेख गरेको छ।

२:५१ बजे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। प्राधिकरणले विमानका चालक दलबाट खतराको अवस्थाबारे कुनैपनि जानकारी नआएको बताएको छ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमर्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ।

दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ। यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today