Type Here to Get Search Results !

नक्कली प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका विद्यार्थी पक्राउ


 नक्कली शैक्षिक प्रमाणपत्र बनाएर चितवन मेडिकल कलेजमा एसबीबीएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको हो। 

बिहीबार राति पक्राउ परेका उनलाई काठमाडौं ल्याइँदै गरेको सीआईबीले जनाएको छ। उनको विवरण भने सीआईबीले सार्वजनिक गरेको छैन। कागजातहरु भेरिफिकेसन गरेर पुष्टि भएपछि मात्रै थप बताउन सकिने सीआईबीले जनाएको छ।यसअघि पनि सीआईबीले ८ जना  नक्कली डाक्टरलाई पक्राउ गरेको थियो। जसमध्ये एक जना सक्कली रहेको पाइएपछि हिरासतमुक्त भएका थिए। नक्कलीको आरोमा पक्राउ परेका कांग्रेस सांसद समेत रहेका सुनिल शर्मालाई भने जिल्ला अदालत काठमाडौंले हिरासत बाहिर राखेर अनुसन्धान गर्न भनेपछि अहिले ६ जना सीआईबीको हिरासतमा छन्।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today