Type Here to Get Search Results !

मधुश्रावणी पर्व सम्पन्न

 मिथिलाञ्चलसहित तराई मधेशका जिल्लामा नव विवाहिता कन्याले मनाउने मधुश्रावणी पर्व सम्पन्न भएको छ ।



पर्व साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि सुरु भएर यस पटक मलमास परेका कारणले डेढ महिना चलेर शनिबार सम्पन्न भएको छ । अरू वर्ष साउन कृष्णपक्ष पञ्चमी तिथिदेखि साउन शुक्लपक्ष तृतीयासम्म १५ दिन चल्ने भए पनि यस पटक मलमास भएका कारण ४४ दिनसम्म चलेको छ । मधुश्रावणी पर्वको पूजाका लागि आवश्यक पर्ने सामग्री, लगाउने लुगा, सिन्दूर, पोते, गर गहना तथा डेढ महिनासम्म खाने खाद्यान्न सामग्री तथा पूजाका लागि आवश्यक पर्ने अन्य सामग्री ससुराली अर्थात् बेहुलाको घरबाट आउने त्यसबाट नै नव विवाहिता कन्याले खाने तथा पूजा गर्ने पर म्परा रहेको छ ।

मधुश्रावणीमा नव विवाहित कन्याहरू समूहमा भेला भएर विभिन्न प्रकारको परम्पर ागत गीतसहित घर नजिकको सार्वजनिक उद्यान,बारी तथा धार्मिक स्थलमा भएको मठ मन्दिर मा रहेको फूलबारीबाट साँझ फूल टिपेर राति राख्ने र भोलिपल्ट बिहान सोही बासी फूलबाट शिव, पार्वती तथा नाग देवताको पूजा गर्ने चलन रहेको छ । फूल टिप्ने कार्यलाई मिथिलामा “फूललोढी” भन्ने गर्दछन् । समूहमा नव विवाहित कन्याहरू नयाँ नयाँ रङ्गीचङ्गी लुगाहरू लगाएर हसिठट्टा गर्दै फूल टिप्ने गरेका कारणले मिथिलाञ्चल क्षेत्रको वातावरण नै यस वर्ष डेढ महिनासम्म नै रोमाञ्चित बनेको थियो ।

मधुश्रावणीको अन्तिम दिन श्रीमान् श्रीमतीसँगै बसेर विशेष पूजा गर्नुका साथै कथाइनबाट कथा सुन्ने चलन रहेको छ । कथालाई नवविवाहिता कन्या, बेहुलासहित घरका सदस्य, छरछिमेक तथा इष्टमित्रहरू बसेर सुन्ने गरेका छन् । पर्व सम्पन्न भएपछि आमाबुबासहित घरका ठूलाबडाबाट आशीषसमेत लिने चलन रहेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today