Type Here to Get Search Results !

काठमाडौँ महानगरले दियो कक्षा १० सम्म दिवा खाजा

 काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ। महानगरपालिकाको नगर कार्यपालिकाका अनुसार दिवा खाजा कार्यक्रम भदौ १ देखि लागु गरिएको छ।



महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो। सङ्घीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ। सङ्घीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि दुर्गम बाहेकलाई दैनिक १५ रुपियाँ उपलब्ध गराउँदै आएको छ।

दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपियाँ उपलब्ध गराउने गरेको छ। कामपाले १५ रुपियाँ थपेर हरेक विद्यार्थीलाई दैनिक ३० रुपियाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । 

कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने छन्। उनका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ विनियोजन गरेको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today