Type Here to Get Search Results !

श्रम गन्तव्य देश यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतमा घनश्याम लम्साल राजदूतमा अनुमोदन

नेपाली श्रमिक रोजगारीका लागि धेरै जाने देश यूएईको राजदूतका लागि तेजबहादुर क्षेत्रीको नाम संसदीय समितिले अनुमोदन गरेको छ ।



अर्को श्रम गन्तव्य देश कुवेतका लागि घनश्याम लम्साल आवासीय राजदूतको रूपमा अनुमोदन हुनुभएको छ ।

संसदीय सुनुवाइ समितिले बिहीबार उहाँहरूको नाम अनुमोदन गरेको हो । कुवेत र यूएईसहित विभिन्न छ देशका लागि सरकारले सिफारिस गरेका छ जना राजदूतको नाम बिहीबार संसदीय सुनुवाइ गरेर समितिले अनुमोदन गरेको हो ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधिका तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदीको नाम समितिले अनुमोदन गरेको छ ।

थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि सुधीर भट्टराई राजदूतको नाम अनुमोदन भएको छ । 

सरकारले सिफारिस गरेको राजदूतको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today