Type Here to Get Search Results !

नेपालसँग एसिया कप खेल्ने भारतीय टोलीमा रोहित शर्मादेखि विराट कोहलीसम्म

 आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । एसिया कपका लागि घोषित १७ सदस्यीय टोलीमा केएल राहुल र श्रेयस ऐयरलाई पनि समावेश गरिएको छ । रोहित शर्माको कप्तानीमा घोषित भारतीय टोलीमा विराट कोहलीलगायतका प्रभावशाली खेलाडीहरूलाई समावेश गरिएको छ । घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), सुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण रहेका छन् ।

एसिया कपको समूह ‘ए’ मा दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल पनि परेको छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच मुल्तान क्रिकेट रंगशालामा खेलिने छ ।

सेप्टेम्बर २ तारिखमा भारत र पाकिस्तानबीच श्रीलङ्कामा खेल हुनेछ । समूहगत चरणको अन्तिम खेल सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा नेपाल र भारतबीच खेलिने छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् ।

लिग चरणको खेलपछि दुवै समूहबाट पहिलो र दोस्रो स्थानमा रहने टोली सुपर फोर चरणमा प्रवेश गर्नेछन् । एसिया कपका लागि टोली घोषणा गर्ने भारत चौथो राष्ट्र हो । यसअघि नेपालसहित पाकिस्तान र बंगलादेशले टोली घोषणा गरिसकेको छ । अब सहआयोजक श्रीलङ्का र अफगानिस्तानले टोली घोषणा गर्न बाँकी छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today