Type Here to Get Search Results !

शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान

 स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।

तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी उनलाई त्यसको छनक थिएन ।खेलको पहिलो हाफमा निर्णयक गोल गरेकी उनले विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् ।स्पेनिस मिडिया रेलिभोको अनुसार, उनका आमा र परिवारले विश्वकपमा गएकी ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनलाई बुबाको मृत्युको खबर दिएका थिएनन् ।शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए ।

स्पेनिस फुटबल संघ (आरएफईएफ)ले पनि उनको बुवाको निधनमा सहानुभुति जनायो । ‘फुटबलमा एक खुसी थपिँदैगर्दा एक दुखद खबर पनि सुनियो, हामी ओल्गा र ओल्गाको परिवारप्रति हार्दिक सहानुभुति प्रकट गर्दछौं । ओल्गा तिमीलाई धेरै माया, तिमी स्पेनिस फुटबलको इतिहास हौं ।’

त्यस्तै उनको क्लब रियल मड्रिडले पनि उनलाई बुवाको मृत्युपश्चात समवेदना प्रकट गरेको छ ।

आफ्नो बुबाको मृत्युको बारेमा अनभिज्ञ उनले विश्वकप फाइनलमा गोल गरेपछि उनले आफ्नो माथिको जर्सी उचाली एक नाम देखाएकी थिइन् ‘मिर्ची’ ।

खेलसकेपछि उनले त्यो नाम एक जना आमा गुमाएकी साथीका लागि समवेदना भएको बताएकी थिइन् । जतिबेला उनले साथीलाई समवेदना दिएकी थिइन्, त्यतिबेला उनी आफैं पिता गुमाएको शोकमा थिइन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today