Type Here to Get Search Results !

मिट क्याम्पस को बस ले ठक्कर दीदा एक को मृत्यु

रञ्जन भण्डारी

महोत्तरी,७ भदौ ।



महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौली स्थित चौक मा दामोदर एकेडमी गेट अगाडि मिट क्याम्पस जनकपुर को बस ले ठक्कर दीदा एक जना को घटना स्थल मैं मृत्यु भएको छ । प्रकौली निवासी ३५ वर्षीय संतोष यादव ज ८ प ९२६७ नं को मोटरसाइकिल मा प्रकौली बाट जनकपुर तर्फ जान लगदा बिपरीत दिसा बाट आउदै गरेको बा२क १५३६ नं को मिट क्याम्पस को बस ले उनलाई ठक्कर दिएको हो । 



यता शव पोस्टमार्टम को लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ भने चालक फरार रहेको प्रहरी ले जनाएको छ । बस प्रहरी नियन्त्रण मा छ । 



हुलाकी सड़क को जलेश्वर जनकपुर सड़क खण्ड मा काम नहुँदा समेत सड़क अबरुद्ध पारेर राखदा दुर्घटना भएको भन्दै स्थानियले अहिले सड़क जाम गरेका छन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today