Type Here to Get Search Results !

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग बन्द

 


स्थानीयले गरे ट्रकमा आगजनी, आगो निभाउन गएको दमकलमा समेत तोडफोड

पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर– १ स्थित बागमतीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग बन्द गरेका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख १५०० नम्बरको मालवाहक ट्रकले स्थानीय विमलाकुमारी मगरलाई ठक्कर दिएपछि उनको घटनास्थलमै ज्यान गएको थियो। घाइते भएकी मगरलाई चालकले ट्रक ब्याक गरेर मारेको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन्।
ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाइदिएका छन्। ट्रकमा लागेको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको दमकलमा समेत स्थानीयले तोडफोड गरेका छन्। स्थानीयले हानेको ढुंगाले दमकलको सिसा फुटेर दमकलचालक कुमार बस्नेतको आँखामा समेत चोट लागेको छ।

स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गरेपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today