Type Here to Get Search Results !

महोत्तरीमा ट्याक्टरले पसलमा ठक्कर दिँदा एकजनाको मृत्यु

 ट्याक्टर अनियन्त्रित भएर किराना पसलमा ठक्कर दिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा सम्सी गाउँपालिका २  पर्सा स्थित सम्सी-गौशाला सडक खण्डमा  स १ त ५२९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई रोडको साईडमा रहेको ( गुम्ती ) किराना पसलमा ठक्कर दिँदा स्थानीय ७५ वर्षीय ईन्द्रेस मोहिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पसलमा ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोहिम र ४५ वर्षीय शेष आलमलाई तत्काल जानकी एकेडेमी पर्सा रामगोपालपुरमा उपचारको लागि लगेकोमा उपचारको क्रममा मोहिमको मृत्यु भएको हो ।

आलमको शरिरको बिभिन्न भागमा चोटलागेको छ भने अबस्था मध्यम रहेको छ ।

यता, ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. मोहिमको मृत्यु भएको हो आलमको शरिरको बिभिन्न भागमा चोटलागेको छ भने के
    को अबस्था मध्यम रहेको छ

    ReplyDelete

Top Post Ad

Below Post Ad

M today