Type Here to Get Search Results !

संसद् अवरुद्ध भएको दिनको तलब भत्ता रोक्का गर्न रास्वपाको माग

 संघीय संसद्‌को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध भएको दिनको तलब, भत्ता लगायत सुविधा फिर्ता गर्ने व्यवस्था मिलाइन भन्दै सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ। 

रास्वपा सभापति एवम् संसदीय दलका नेता रवी लामिछानेले संसद् अवरुद्ध भएको दिनको तलब, भत्ता कटौती गर्नुपर्ने माग सहितको पत्र दर्ता गराएका हुन्।

१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)ले उच्चस्तरीय समिति गठनको माग गरिरहेको र सरकारले अस्वीकार गरिरहेको अवस्थाका बीच विगत लामो समयदेखि संसद्‌ अवरुद्ध भइरहेको रास्वपाले उल्लेख गरेको छ। संसद् अवरुद्ध भइरहँदा जनताका मुद्दा, राष्ट्रमाथि परेका‍ संकटहरुका विषयमा सदनमा करा राख्न नपाउँदा सांसदहरुको सार्वभौम अधिकार हनन हुन पुगेको रास्वपाले उल्लेख गरेको छ। 

रास्वपाले संसद्‌को जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिन र  सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिन पनि सभामुखको ध्यानाकर्षण गराएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today