Type Here to Get Search Results !

मधेसमा भइरहेका प्रहरी ज्यादतीका घटनाप्रति गम्भीर ध्यानाकर्षण : इन्सेक

 मधेस प्रदेशमा शृङ्खलाबद्ध रूपमा भइरहेका प्रहरी ज्यादतीका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । आज साेमवार दिउँसोमात्रै पनि मानव अधिकार ज्यादती पीडितको सहायताका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलमाथि असई राजेश्वर महतोले कार्यालय परिसरमा कुटपिट गरेको घटनाले प्रहरी ज्यादतीको निरन्तरता झल्किने इन्सेकले बताएकाे छ ।



लहान, सिराहाबाट उजुरी दर्ता गराउन राजविराज पुगेका स्थानीयलाई सहयोग गर्न राजविराजमा रहेकाे जिल्ला प्रहरी कार्यालय गएका बेला पोखरेललाई प्रहरी सहायक निरीक्षक (असई) महतोले कुटपिट गरेका पीडितले बताउनु भएको छ । आँखा र संवेदनशील अङ्गमा चोट लागेर घाइते हुनु भएका पोखरेलको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भइरहेको छ ।

'मानव अधिकारको परिपालना गर्दै शान्ति सुरक्षा बहाल गर्ने दायित्व निर्वाह गर्नुपर्ने जिम्मेवार निकाय प्रहरी कार्यालय परिसरभित्र सुपरिचित मानव अधिकार रक्षक र पत्रकारमाथि गुण्डागर्दीको शैलीमा बल प्रयोग गर्ने प्रहरीमाथि कारबाही अघि बढाएर मानव अधिकारप्रतिको प्रतिबद्धतामा कायम रहन हामी सरकारसमक्ष जोडदार माग गर्दछौँ', इन्सेकका अध्यक्ष कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today