धनुषा - जनकपुरधामका मेयर मनोज साहका काका बासुदेव साहको छुरा प्रहार गरी हत्या भएको छ ।जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो ।
बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो ।
धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार जग्गा सम्बन्धि घरायसी विवादको कारण बेचनले ससुरालाई घरमै पेटमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना पश्चात चक्कु प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।