Type Here to Get Search Results !

पत्रकारको हत्या विरुद्ध महोत्तरीका पत्रकार आन्दोलित

 






गोपाल झा

महोत्तरी, २०८१ चैत्र १७ गते

काठमाडौंको तिनकुने स्थित चैत्र १५ गते एक घरमा भएको आगजनीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्युपछि महोत्तरीका पत्रकारहरु आन्दोलित भएका छन । पुर्वराजावादीहरुले आन्दोलनका क्रममा गरेको आगजनीमा पत्रकार रजकको मृत्यु भएको थियो । सोहि हत्याको विरोधमा केन्द्रिय सर्कुलेशन मान्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले विभिन्न कार्यक्रम सहित विरोध गरेको हो ।

बिरोध कार्यक्रमको पहिलो दिन शनिबार जिल्लाका क्रियाशील पत्रकारहरूले बिहान स्व.रजक प्रती श्रधान्जली अर्पन गरेका थिए भने बेलुका पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भत्र्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग सहित बिरोघ रैली निकालेका थिए ।  विरोध र्‍यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडकमा प्रदर्शन गरेका थिए । महोत्तरी सदरमुकाम जलेश्वर स्थित दुर्गा चौकमा सोहि क्रममा मैन बती जलाएर स्व. रजकको आत्माको चिर शान्तिको कामना समेत गरिएको थियो ।


विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष अरबिन्द झाले नेपाली पत्रकारिताको इतिहासमा उक्त घटनालाई कालो दिनको रुपमा लेखिने बताए । उनले पत्रकार रजकको हत्यारा पत्ता लगाई मृतक पत्रकारका परिवारलाई कानुनी न्याय दिन मांग गरे ।

त्यस्तै बरिष्ट पत्रकार तथा पत्रकार महासंघको संस्थापक सचिव एबं पुर्ब अध्यक्ष दशरथ भण्डारी आन्दोलनमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भए पनि पछिल्लो समय आन्दोलन हिंसात्मक बन्नु दुखद भएको बताए । उनले सुक्ष्म तरीकाले जाँच गरी कानुन बमोजिम कडा भन्दा कडा कार्यवाही गर्न मांग गरे । त्यस्तै, बरीष्ट पत्रकार राकेश प्रसाद चौधरी अहिल्या शर्मा , ममता बिश्वकर्मा लगायतका वक्ताहरूले पत्रकारहरूको सुरक्षामा राज्य गम्भीर नबन्दा यस्ता घटनाहरू दोहोरिइरहेको टिप्पणी गरे ।


उनीहरूले आन्दोलनको नाममा बिभिन्न सञ्चारगृहमा भएका आक्रमणहरूको समेत भत्र्सना गर्दै पत्रकार सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।

यता आईतवार समेत केन्द्रिय सर्कुलेशन अनुसार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले सुचना जारी गरेपछि महोत्तरीका विभिन्न संचारगृहमा आवद्ध पत्रकारहरुले हातमा कालोपट्टी बाँधी घटनाको विरोध जनाएका छन ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा समेत पदाधिकारी तथा सदस्यहरुले कालोपट्टी बाँधि विरोध जनाए  ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today