Type Here to Get Search Results !

मटिहानीमा पाँच सैयाको प्रसूती गृह निर्माण ।

 


महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मटिहानीमा पाँच सैयाको प्रस्तुति गृह अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ। 

उक्त प्रस्तुति गृह भवन राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण भएको उक्त प्रस्तुति गृह भवनमा ऑपेरशन कोठा-१, NIC कोठा-१, जेनेरल बेड कोठा-१, स्टाफ कोठा-१, फार्मेसी कोठा-१ लगायतका कोठाहरु रहेको कुरा इंजीनियर बिमलेश साहले बताउनुभयो ।

यसै बीच नव-निर्मित उक्त प्रस्तुति गृह भवनमा नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यू द्वारा आज धार्मिक बिधिवत पूजा गरिएको छ ।


उक्त प्रस्तुति गृह भवन निर्माणले प्रस्तुति गृह संचालन गर्न र आम नागरिकलाई प्रसूती सेवा प्रदान गर्न सहज हुने बिश्वास प्रमुख मंडलले ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति सदस्य राम लखन पंजियार,कार्यपालिका सदस्य सुनेकेशी चौधरी, वड़ा सचिव बिकेश झा, वड़ा सदस्यहरु, रामसेवक साह, शंकर मंडल, मोख्तार अंसारी लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today