Type Here to Get Search Results !

लोसपाको मटिहानी नगर अधिवेशन सम्पन्न ।



महोत्तरी - लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव एवं मटहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले पार्टीलाई सबल सक्षम र मजबुत बनाउनु पर्ने कुरा बताउनुभएको छ। लोसपाको मटिहानी नगरपालिकाको नगर अधिवेशनको आज मटिहानीमा उद्घाटन गर्नुहुँदै उहाँले मटिहानी न.पा.मा लोसपा मजबुत रहेकोले यसमा सबै नेता,कार्यकर्ता लाग्नु पर्नेमा जोड दिनुभयो।



 पार्टीका नगर अध्यक्ष श्याम कुमार मण्डलको अध्यक्षमा सम्पन्न कार्यक्रममा लोसपाका जिल्ला अध्यक्ष रामबाबु साह, पार्टीका मञ्जु देवी साह, कलिम अंसारी, जित नारायण माझी अरुण नाहर,कुशेश्वर यादव, पञ्चेश्वर यादव, मुसाफिर सहनी, अब्बास अन्सारी लगायतकाले पार्टी अधिवेशनको सफलताको कामना गर्नुभयो।



सँगै उक्त अधिवेशनले नगर अध्यक्ष श्यामकुमार मण्डलको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।










Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today