Type Here to Get Search Results !

मटिहानी नगरपालिकाका कृषकहरूलाई जलवायु मैत्री कृषि उपकरण वितरण ।

 


महोत्तरी, माघ २२ गते ।

मटिहानी नगरपालिका वडा नं १,३ र ६ वडाका  ६० जना कृषकहरूलाई जलवायु मैत्री कृषि उपकरण वितरण गरिएको छ ।

कोइका को आर्थिक सहयोग तथा जी.जी.जी.आई., जी.एन.आई. नेपालको प्राविधिक सहयोग र मटिहानी नगरपालिका एवं आसमान नेपालको समन्वयमा सञ्चालित "जलवायु मैत्री कृषि परियोजना" अन्तर्गत जलवायु मैत्री कृषि उपकरण  मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले  कृषकहरूलाई हस्तान्तरण गर्नुभयो ।


उक्त उपकरण हस्तान्तरण गर्नु हुँदै प्रमुख मंडलले यी नयाँ प्रबिधिक उपकरणले कृषकलाई आफ्नो खेतमा बाली लगाउन साथै अन्य कृषि कार्य गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।


उक्त जलवायु मैत्री कृषि परियोजना अन्तर्गत १,३ र ६ वडाका   कृषकहरुलाई बिरुवा रोपने मेसिन, प्लास्टिक ट्रे, स्प्रेयर, नानो यूरिया, क्युलयुर ट्र्याप, पहलो ट्र्याप, कोकोपिट लगायतका कृषि उपकरण बितरण गरिएको कुरा आसमान नेपालका परियोजना प्रमुख चेतन थापाले बताउनुभयो ।


उक्त कार्यक्रममा नगर उप-प्रमुख मंजू देवी साह, GGGI का प्रमुख ईश्वरनाथ श्रेष्ठ वड़ा नं. ६ का वड़ा अध्यक्ष  कलीम अंसारी , GGGI का बिपद शाखा प्रमुख राकेश साह, GGGI का प्रदीप पोखरेल, हरि पाण्डेय कृषि शाखा प्रमुख संध्या साह, कृषि प्राविधिक टंक प्रसाद उपाध्याय, आसमान नेपालका कृषि प्राविधिक महेन्द्र यादव लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today