Type Here to Get Search Results !

२०८४ मा महिला पहिला’ नारासहित महोत्तरीमा र्‍याली

 



‘२०८४ मा महिला पहिला’ नारासहित महोत्तरीमा अधिकारवादी संस्थाहरूले र्‍याली निकालेका छन्र । देशव्यापी महिलावादी अनुपम अभियानको थालनी गर्दै अन्तरपुस्ता महिलावादीको ब्यानरमा सो र्‍याली निकालिएको हो ।

अन्तरपुस्ता महिलावादी मञ्चकी सदस्यसमेत रहेकी अभियन्ता तथा अधिकारकर्मी रिता साहले अब महिलालाई कुरामा मात्र नभई व्यवहारमा समेत अगाडि ल्याउनु आवश्यक रहेको र आउँदो चुनावमा पहिलो रोजाइ महिला हुनुपर्ने बताइन् । उनले बाध्यात्मक पदबाहेक कुनै स्थानमा महिलालाई उम्मेदवार बनाउन दलहरू पछि हट्ने गरेको बताइन्।  

साहले योग्यता हुँदाहुँदै महिलालाई उनी महिला भएकै कारण पछाडि पारिने भएको भन्दै त्यसको प्रतिकार गर्दै अब महिलालाई प्राथमिकतामा राख्नु आवश्यक रहेको बताइन् । 

न्यायिक र समतामूलक समाज बनाउन पाँचवर्षे अनुपम अभियानको मुख्य लक्ष्य रहेको उनले थपिन् । र्‍यालीमा बालविवाह अन्त्य गर, दाइजो प्रथा अन्त्य गर, महिला अधिकार सुनिश्चित गर लगायतका नाराहरू लगाइएको थियाे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today