Type Here to Get Search Results !

मधेश आन्दोलनको १८ वर्ष पूरा,आज बलिदानी दिवस मनाइँदै

 

मधेश प्रदेशमा शनिबार सातौँ बलिदानी दिवस मनाइँदैछ। अन्तरिम संविधानमा संघीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको प्रथम मधेश आन्दोलनको  सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउने गरेको छ।

मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते यही दिन सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेशकेन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन्। 

२०६२र०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा  आन्दोलन गरिएको थियो। माघ २ गते शुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। यसपछि मधेशभर आन्दोलन भएको थियो।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो। यही आन्दोलनलाई मधेशवादीले मधेश जनविद्रोहको सङ्ज्ञा दिने गरेका छन्।

त्यसै जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै मधेश प्रदेश सरकार गठन भएदेखि शहीदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ। 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today