Type Here to Get Search Results !

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो

 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (मंगलबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले मंगलबार बिहान ६ बजे जारि गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today