Type Here to Get Search Results !

चिसोबाट प्रभावितहरु लाई नेपाली सेनाको मण्डि (कम्बल) वितरण ।

 


महोत्तरी, मंसिर २० गते ।

देशभरमा बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै चिसोबाट प्रभावित मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायका नागरिकहरूलाई आज नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकले मण्डी (कम्बल) वितरण गरेको छ। 


यसै क्रममा श्री राम मा.वि. मटिहानीमा आयोजित एक कार्यक्रम बीच मटिहानी  नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकका प्रमुख सेनानी बिनोद बिकास पाठक,शसस्त्र प्रहरीका एसपी बिनोद के.सी. र राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारीले संयुक्त रुपमा बितरण गर्नुभयो ।


नेपाली सेनाले प्रत्येक वर्ष चिसो बाट प्रभावित स्थानीयहरुलाई मण्डि बितरण गर्ने कार्यक्रम अन्तर्गत आज मटिहानी नगरपालिका वडा नं ४ र ९ मा रहेका मुसहर र डोम समुदायका १२३ नागरिकहरूलाई सो मण्डि बितरण गरिएको कुरा नेपाली सेनाको गोरखनाथ गण प्रकौली ब्यारकका प्रमुख सेनानी बिनोद बिकास पाठकले बताउनुभयो ।


उक्त मण्डि बितरण कार्यक्रममा वड़ा नं.४ का वड़ा अध्यक्ष अब्दुल गफार राइन, वड़ा नं.९ का वड़ा अध्यक्ष मदन चौधरी,प्रहरी चौकी मटिहानीका प्रमुख रोशन लामिछाने, वड़ा सदस्यहरु समाज सेवी मुसाफिर सहनी लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today