Type Here to Get Search Results !

एम. बि. बि. एस. को स्कलरसिप मा नाम निकाल्न सफल भएका ४ विद्यार्थीलाई साेनमा गाउँपालिकाद्वारा पुरस्कृत

 



गौशाला-  साेनमा गाउँपालिकाद्वारा गाउँपालिका भित्रका ४वटा विद्यार्थीहरुलाइ पुरस्कृत गरिएकाे छ ।

गाउँपालिकाकाे  विभिन्न वडा बाट एम. बि. बि. एस. को स्कलरसिपमा नाम निकाल्न सफल भएका ४ जना विद्यार्थीलाई गाउँ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा पुरस्कृत गरिएको जनाइएकाे छ ।

देशको विभिन्न क्याम्पसहरुमा नाम निकालेर एम. बि. बि. एस. को स्कलरसिपमा पढ्ने ४ जनालाइ ४१/४१ हजारका दरले पुरस्कार प्रदान गरिएकाे गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाएकाे छ ।

अबकाे दिनमा पनि एम. बि. बि. एस. लगायत कक्षा १०, कक्षा ८ र अन्य संकायमा नाम निकाल्ने विद्यार्थीहरुलाइ समेत पुरस्कृत गर्ने योजना रहेको अध्यक्ष यादवले बताएका छन । गाउँपालिकाले प्रारम्भ गरेकाे यो कदम देशकै नमुना योजना रहेको गाउँपालिकाका जनताहरुले बताइरहेका छन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today