Type Here to Get Search Results !

जय जय जनकपुर बोल्ट्स’ भन्दै जनकपुरधाममा खुशीयालीमा दीप प्रज्वलन गरियो




जनकपुरधाम । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको खुशियालीमा जनकपुरधामका युवा तथा खेलाडीहरूले दीप प्रज्वलन गरेका छन् ।


बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेपछि जनकपुरधामका युवा तथा खेलाडीहरूले स्थानीय रामानन्द चौकमा दीप प्रज्वलन गर्दै टिमलाई धन्यवाद ज्ञापन गरेका हुन् ।



कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो । जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार भिडन्त गर्नेछ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today