Type Here to Get Search Results !

मोरङको कटहरीमा सामूहिक बलात्कार, तीन जना पक्राउ

 


मोरङको कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी २३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जहदा गाउँपालिका–३ की पीडित महिला आफ्नै घरदेखि करिब २ किलोमिटर टाढा बाँसको झ्याङमा हातखुट्टा बाँधेर र अचेत अवस्थामा फेला परेकी थिइन्। उद्धारपछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा कटहरी–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन्। 

प्रारम्भिक अनुसन्धानमा तीन जनाको समूहले महिलालाई सिटी सफारीमा अपहरण गरी बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ। पीडित महिलाको बयानका आधारमा पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिएका छन्। स्वास्थ्य परीक्षणपछि थप तथ्यहरू सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today