Type Here to Get Search Results !

एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

 


नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । 


कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 




११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यस यताको खेलमा पुनरागमन गरेको हो ।


सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो । 




सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today