Type Here to Get Search Results !

जनकपुरले सुदूरपश्चिमलाई दियाे १ सय ४० रनकाे लक्ष्य

 unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे पहिलाे क्वालिफायरमा जनकपुर बाेल्ट्सले सुदूरपश्चिम राेयल्सलाई १ सय ४० रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायाे । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णाली याक्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले पहिलाे क्वालिफायरकाे विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

एनपीएलमा आज बिहान भएकाे इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today