Type Here to Get Search Results !

यी १३ स्थानमा नदीहरूले गरे खतराको तह पार

 


काठमाडौँ । शुक्रबारदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न १३ स्थानमा नदीहरूले खतराको तहको पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा रहेको छ ।चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ । 

त्यस्तै, काठमाडौँको बलकुमारमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको छ ।यसैगरी, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर, धनकुटा र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको छ ।

l

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today