Type Here to Get Search Results !

धनुषामा आफन्तको घर भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

 

फाईल फोटो

जनकपुरधाम- धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । बुधबार साँझ भोज खान आएका तीनजना बालकको धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका वडा नं. ७ स्थित पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

मृत्यु हुनेमा लक्ष्मिनीयाँ ७ का दिलीप कुमार साहको अन्दाजी ८ वर्षीय छोरा आयुषकुमार साह, सबैला नगरपालका १ का परशुराम साहको छोरा अन्दाजी १२ वर्षीय शुशान्त कुमार साह र महोत्तरीको बर्दिबास नगरपालिका ६ का सरोजकुमार साहको छोरा अन्दाजी ९ वर्षीय आदित्य साह छन्।

बुधबार साँझ नानाको बुवाको पुन्य तिथिमा आएका उनीहरु भोजभतेरबाट पोखरीतिर लागेका थिए ।प्रहरी निरीक्षक साहका अनुसार साँझ करिब आठ बजे उनीहरुको शव पोखरीमा फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today