Type Here to Get Search Results !

त्रिशूली नदीमा बस बेपत्ता, उद्धारकार्यमा कठिनाइ

 



नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ । 


उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन् । उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ ।



नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको हो । ती बसमा चालकसहित ६५  जना रहेका प्रहरीले जनाएका छन् ।



आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।  काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस त्रिशूलीमा खसेको हो । 



गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका छन् । घटनास्थलमा पानी परिरहेकाले उद्धारको काम थप कठिनाइ भएको छ ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today