Type Here to Get Search Results !

आज साउन महिनाको पहिलो सोमबारी, शिवालयहरुमा भक्तजनको भीड

 

महोत्तरी - आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।

महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव,टुटेश्वरनाथ महादेव,औरही नगरपालिकाको अखिलेश्वर महादेव,सोनमा गाउँपालिकाको मंगलनाथ महादेव र जनकपुरधामको शिव मन्दिर,धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ ।

साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today