Type Here to Get Search Results !

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

 


संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।


अमेरिकाको ऐतिहासिक राज्य पेन्सिल्भेनियास्थित बटलर काउन्टीको एक चुनावी सभालाई आज अपरान्ह सम्बोधन गर्ने क्रममा बन्दुकधारीहरूले हमला गरेका थिए । 


यता ट्रम्पका एक जना प्रवक्ताले भनेका छन्-‘हि इज फाइन ।’



सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै उद्वार गरी अस्पताल पठाउनुका साथै परिस्थितिलाई नियन्त्रणमा लिएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । 



उक्त घटनामा कम्तीमा दुई जना मारिएको बताइएको छ । मारिनेमा एक जना संदिग्ध बन्दुकधारी रहेको र अर्का व्यक्ति चुनावी कार्यक्रममा सहभागी ट्रम्पका कार्यकर्ता भएको कुरा मिडिया रिपोर्टहरूले जनाएका छन् । आक्रमणमा परी ट्रम्पको दाहिने कानमा गोली लागेको बताइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today