Type Here to Get Search Results !

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस बगायो, झण्डै ६५ यात्रु बेपत्ता, थप अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन

 

चितवन- पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।

बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ। यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ जाँदै गरेका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए ।
बस घटना स्थलमै रहेको बसमा सवार यात्रुहरुलाई केही नभएको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाटो एकतर्फ अवरोध भएको उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ । बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको जानकारी डिएसपी शैलेन्द्र थापाले दिए ।

Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today