Type Here to Get Search Results !

जनकपुरधामबाट कटुवा पेस्तोलसहित एक पक्राउ

 

जनकपुरधामबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका– १ स्थित भानु चोकबाट एक थान कटुवा पेस्तोलसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्ला बेनिपट्टी पंचायत सेरसवका १९ वर्षीय राजा कुमार ठाकुर रहेका छन् ।

जनकपुरधाम उप– महानगरपालिका– १ स्थित भानु चोकबाट रेल्वे स्टेशन तर्फ आउँदै गरेको बिआर३२ एटी १८७४ नं. भएको टिभिएस मोटरसाइकलमा सवार तीन जनालाई ट्राफिक प्रहरी पोष्ट रेल्वेबाट प्रहरी सहायक निरीक्षक शम्भू राय यादवको कमाण्डमा खटिएको ट्राफिक प्रहरीले सडकखण्डमा रोकी चेकजाँचको क्रममा सवारी चालकले कागजपत्र लिएर आउँछु भनि गएकोमा सो व्यक्तिहरू नआएपछि शंका लागेर मोटरसाइकलको डिकी खानतलासी गर्दा कपडामा बेरिराखिएको १ थान कटुवा पेस्तोल फेला परेको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

आरोपित फरार भएपछि नगराइन नगरपालिका– २ बाट पक्राउ गरी ल्याएको उनले बताए । उनीमाथि हातहतियार खरखजाना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा फरार २ जनाको खोजी कार्य भइरहेको जनाइएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today