Type Here to Get Search Results !

पिपराकाे बजेट ५६ कराेड ४७ लाख ९१ हजार

 

महोत्तरी — पिपरा गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२का लागि ५६ कराेड ४७ लाख ९१ हजार बजेट सार्वजनिक गरेकाे छ ।

गाउँ सभामा उपाध्यक्ष बन्दना पाण्डेले प्रस्तुत गरेकाे बजेटमा संघीय सरकारबाट ४६ कराेड १६ लाख ६३ हजार , प्रदेश सरकारबाट २ कराेड ८६ लाख २५ हजार प्राप्त अनुदान र आन्तरिक राजश्वबाट ७ कराेडकाे अधारमा ५६ कराेड ४७ लाख ९१ हजार बजेट ल्याइएकाे उल्लेख छ ।

वार्षिक नीति तथा कार्यक्रममा गाउपालिकाले सिचाइकाे समस्या समाधान गर्न कुटमेसरी नदीमा ड्याम निर्माण, किसान परिचय पत्र वितरण गर्ने, तरकारी खेती प्राेत्साहन गर्न शीत भण्डार निर्माण, खेत खेतमा विजुली सिचाइ अभियान सञ्चालन गर्ने नीति लिएकाे छ ।

गाउँपालिकामा रामनरायण मिश्र संग्रहालय निर्माण गर्ने, विद्यालय प्रविधि मैत्री बनाउने, दुर्व्यसनमा लागेकाहरुलाई सुधार्न सुधारकेन्द्र स्थापना गर्ने, विदेशबाट आएका युवाकाे उद्यमशीलता विकासका लागि श्रम बजारकाे स्थापना गर्ने, एक वडा एक व्यायामशाला स्थापना गर्ने नीति पिपरा गाउँपलिकाले लिएकाे छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today