Type Here to Get Search Results !

रौतहटको कटहरीया नपाले ल्यायो ४६ करोडको बजेट,


 रौतहट जिल्लाको कटहरीया नगरपालिकाको १० औ नगरसभा बुधबार भव्यताका साथ सम्पन्न भएको छ । नगर सभालाई सम्बोधन गर्दै पालिकाका मेयर अजय प्रकास जायसवालले आफु निर्वाचित भई आए देखि नै जनतामुखि कार्यहरु योजनाबद्ध रुपमा गर्दै आई रहेको र हरेक पटक जनतालाई प्रत्यक्ष सेवा सुबिधा पुग्ने निति तथा कार्यक्रमहरु सभामा समावेश गर्ने गरेको बताएका थिए ।


आफ्नो नगर क्षेत्रमा खेति पेशामा आबद्ध रहेका जनताहरुको संख्या उल्लेख्य रुपमा रहेकोले पनि यो नगरसभा किसानहरुको लागी विशेष हुने नगर प्रमुख जायसवालले बताएका छन् । त्यस्तै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम हरु ल्याईएको नगरप्रमुख जायसवालले बताए ।


कटहरीया नगरको शिक्षाको क्षेत्रमा सुधारको अभियान समेत थालनी गरीएको र नगरका विधालयहरु प्रविधि मैत्री बनाईने नगरप्रमुखले बताए । १० औं नगर सभाबाट कटहरीया नगरपालिकाले नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान चालु, पूँजिगत, राजस्व बाँडफँड, संघीय सरकार समपुरक, बित्तिय समानिकरण (प्रदेश सरकार), विशेष अनुदान (प्रदेश सरकार), आन्तरिक राजस्व गरि जम्मा ४६ करोड ६२ लाख ५४ हजार रुपैयाको बजेट ल्याएको हो ।

१० औं नगरसभा मार्फत कार्यालयका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today