Type Here to Get Search Results !

भाजपा सांसद कंगना रनावतलाई थप्पड हानेको आरोपमा सुरक्षाकर्मी निलम्बन

 


भारतीय  जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन्।

सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेको आरोप छ।

हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुगेकी थिइन्।

त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ। सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ।

उनीविरूद्ध एफआइआर (उजुरी) पनि दर्ता भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। घटनापछि सामाजिक सञ्जालमा भिडिओहरू सार्वजनिक भएका थिए। 

कंगना रनावतले पनि आतंक फैलिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेकी थिइन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today