Type Here to Get Search Results !

महोत्तरीमा दिनदहाडै गोलि प्रहार

 


महोत्तरी- महोत्तरीको गौशालामा दिनदहाडै गोलि चलेको छ।गाैशलाकाे मरहा खोलामा मोटरसाइकलमासवार दुई अपरिचित व्यक्तिहरुले गोली प्रहार गरि फरार भएका छन् ।


मोरटसाईकलमा सवार २ जनाको समुहले गोली प्रहार गर्दा गौशाला नगरपालिका ११ भरतपुरका ३२ बर्षिय विनय कुमार महतो (मुरारी) घाईते भएको छ । आज सोमबार गौशाला बजारबाट दिउँसोको समयमा खोलाको बाटो हुँदै घरतर्फ फर्किने क्रममा उनि माथि हतियारधारीले लुटपिट गरि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ ।


ढाँडमा गोली लागेपछि गम्भीर घाईते भएको विनय महतो लाई उपचारको लागि जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


घाइते ब्यक्तिले गोलि चलाउनेको फोटो आफ्नो मोबाइलमा पछाडीबाट खिच्न भ्याएको छ। फोटोमा मोटरसाइकलमा भाग्दै गरेको दुईजना संगै हतियार रहेको स्पष्ट देखिएको छ। घटना स्थलमा २ राउन्ड गोलीको खोका र दुई राउन्ड गोली बरामद भएको छ। प्रहरी घटना स्थलको प्रकृति मुचुल्का उठाएर घटनामा संलग्नहरुको व्यापक खोजतलास सुरु गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिएका छन् ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today