Type Here to Get Search Results !

नवीन स्वरूप पाउदै रामस्वरूप रामसागर बहुमुखी क्याम्पस

 

महोत्तरी - मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब)मा शैक्षिक,प्रशासनिक,व्यवस्थापन र सौन्दर्यकरणको कामले तिव्रता पाउदा क्याम्पसले नयाँ स्वरूप पाएको स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष यादवले बताएका छन ।

१५ वर्ष पछि भएको स्व.वियु निर्वाचनमा निर्वाचित भएपछि क्याम्पसको विकासमा समन्वयकारी,सहयोगी तथा खबरदारीको भुमिका निर्वाह गर्दै स्व.वियु कार्यसमितिको ऊर्जा तथा परिवर्तनको विचारधाराले क्याम्पसलाई नवीन स्वरूप प्रदान गर्न मद्दत पुर्याएको सभापति यादवको भनाई छ ।

रा.रा.ब क्याम्पसको ईतिहास २०१२ साल देखिको हो । स्थापना काल देखी अहिले सम्म कैयौ परिवर्तन पाएको शैक्षिक धरोहर लाई सुदृढ़,समृद्ध र प्रतिष्ठित बनाई राख्न विगतका नेतृत्व पंक्तिले अथक प्रयास गरेकै हुन । राजनीतिक खिंचातानी तथा विभिन्न अभावको समस्याहरु समाधान गर्दै क्याम्पसको विकासमा अहोरात्र लागिपरेका तिनै नेतृत्व पंक्तिलाई प्रेरणा स्रोत बनाई यस क्याम्पसमा नयाँ प्रयोग र नयाँ उपलब्धि को उपस्थिति गराउन प्रयास रहने सभापति यादवले आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित भएदेखिको १ वर्षमा क्याम्पस भित्र विद्यार्थीहरुको लागि रिडिंग रूमलाई व्यवस्थित गरि क्रमिक सुधार गर्दै लाइब्रेरी भवन भित्र रहेको रिडिंग रूमलाई त्रिभुवन विश्व विद्यालयको सेंट्रल लाइब्रेरी सँग जोड्ने योजना समेत रहेको जानकारी गराए ।
क्याम्पस प्रांगणमा रहेको पार्क तथा मन्दिरको सर-सफाई र सौंदर्यकरणका कार्यसँगै विद्यार्थीको सहजता र क्याम्पसको छविका लागि हरेक सकारात्मक कार्यहरु प्रगतिमा रहेको सभापति मनिषले बताए ।

विद्यार्थीहरुको सहजताका लागि विगत मैं क्याम्पस प्रशासनको सहयोगले क्याम्पस मैं बैंक शाखा स्थापनार्थ सफल प्रयास गरिएको उनले थपे । क्याम्पसमा सुरक्षा गार्ड व्यवस्थापन पार्किंग एरिया छनौट र व्यवस्थापन गर्दै सर-सफाई कार्यलाई निरन्तरता दिईएको सभापति यादवले बताए ।

क्याम्पसमा शैक्षिक गुणस्तर सुधारको प्रयास युद्ध स्तरमै भईरहेको जनाउदै आगामी दिनमा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस शैक्षणिक,भौतिक,प्रशासनिक लगायत प्रत्येक क्षेत्रमा अझ गुणस्तरिय र बलियो नाम भएको नमुना क्याम्पस बन्ने सभापति मनिष यादवले जनाएका हुन ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today