Type Here to Get Search Results !

अस्थायी सिकाइ केन्द्रमा रम्दै अग्निपिडित बालबालिका

 


मटिहानी नगरपालिका ६ जरलहवा बस्तीका एक सय ५० बालबालिका अस्थाइ सिकाइ केन्द्रमा रम्न थालेका छन् ।आगलागीपछि विद्यालय जान छोडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन सिकाई केन्द्रमार्फत प्रयास थालिएकोमा उनीहरु सिकाई केन्द्रमा नियमित उपस्थित भइ सिकाई केन्द्रका शिक्षकले समावेश गराउने पठनपाठन सम्बन्धी क्रियाकलापमा रमाउन थालेका हुन् । 

गत वैशाख १२ मा आगलागी भएपछि सर्वस्व गुमाएको अग्निपिडित परिवारका बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव परेकोमा बालबालिकालाई पुनः शिक्षाप्रति जागरुक बनाउन  ग्रामिण मुखी युवा अभियान नेपाल ( ROYM-NEPAL )ले वस्तीका १०५ वालवालिका अध्ययन गर्ने गरि अस्थाई सिकाई केन्द्र सन्चालनमा ल्याएको हो । AEIM  LUXEMBURGको आर्थिक सहयोग तथा मटिहानी नगरपालिकाको समन्वयमा वालवालिकाहरुलाई तीन महिना सम्म अध्ययन अधायपन सँगै वाल मस्तिष्कको क्षमता अभिवृद्धि गर्न सिकाई केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले बताए । 

सिकाइ केन्द्रमा अध्ययन गरिरहेका बालबालिका मध्ये अझै ५४ बालबालिका विद्यालय जाँदैनन भने १० जना सोहि ठाउँमा रहेको मदरसामासमेत अध्ययन गर्दैछन् । यता ४१ बालबालिका आगलागीभन्दा पहिले विद्यालय गइरहेकोमा आगलागीपछि उनीहरु पुनः विद्यालय फर्कन सकेका छैनन् ।

सिकाइ केन्द्रमा पुनर्ताजगीपश्चात बालबालिकाहरु पठनपाठनमा पुनः रुची लिन थालेको र चाँडै उनीहरु विद्यालय फर्कने आशा व्यक्त गरिएको छ । आगलागीपश्चात अग्निपिडितहरुको घर पुनः निर्माण हुन नसक्दा अभिभावकसँगै बालबालिकाहरु अझै खुल्ला आकाशमुनि बस्न बाध्य छन् । 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today