महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.-८ द्वारा बालबिबाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला ब्यक्तिहरुको समिति गठन एवं परिचालन गरी आज मंगलबार जनचेतना मूलक र्याली निकालिएको छ ।
उक्त रयालीको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभएको हो।
आज बिहान निकालिएको बालबिबाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक रयाली मटिहानीको बिभिन्न भागको परिक्रमा गरेको थियो ।
त्यसै क्रममा बोल्नुहुदै प्रमुख मंडलले वड़ा नं.-८ द्वारा गठन गरिएको बालबिबाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला ब्यक्तिहरुको समितिले बालबिबाह न्यूनीकरण गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.-८ का कार्यवाहक वड़ा अध्यक्ष अताबुल लहेरी, कार्यपालिका सदस्यहरु, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय साह, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, उमाशंकर साह, जुगेश्वर खतवे, वड़ा नं.-८ का वड़ा सचिव जिबेन्द्र कर्ण, नगरपालिकाका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, बिद्यार्थीहरु लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।




