Type Here to Get Search Results !

आगलागी पीडितको खुला आकाशमुनीको बासले पानी पर्दा विजोग

 

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछी बस्तीका  अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको मटिहानी नगरपालिका–६ जरलहवा गाछी बस्तीकी अग्निपीडित मैमुन खातुनले बताए। 

“खुला आकाशमुनि निन्द्रा राम्रोसँग लाग्दैन,कतिबेला हावाहुरी र पानी आउने डर हुन्छ”, उनले भने, “दिउँसोमा गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना छैन, राम्ररी निदाउन पाइएको छैन ।”स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र राजनीतिक दलले खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्दै आए पनि अग्नि पीडितले घर बनाउन सहयोगको अपेक्षा गर्ने गरेका छन् ।

 “अग्निले घरसँगै धनमाल, लत्ता कपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भयो, लगाउने कपडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको छ”, सोही जरलहवा गाछी बस्तीका मोहन मंडलले भने, “खानेकुरा त जसोतसो व्यवस्था गरौँला, घरको छाना हाल्ने जस्ता चाहिएको छ ।”मधेस प्रदेश सरकार र केन्द्र सरकारले अहिले सम्म कुनै पहल र राहतको ब्यबस्थापन गर्न सकेका छैनन्।

स्थानीय सरकारले गर्नुपर्ने काम सबै गर्नु भयो तर आज १३ दिन भयो प्रदेश सरकारले  केहि सहयोग गरेका छैन । आज वर्षा भयो कहाँ खाना पकाउने कहाँ खाने कहाँ र कसरी रात काट्ने हो  भनेर चिन्तित भएको छु। प्रदेश सरकारले गर्नुपर्ने कामबाट पछाडि परेको देखियो मनोज मंडलको भनाई रहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Top Post Ad

Below Post Ad

M today